क्र.सं. सम्पादन हुने कामको विवरण काम सम्पन्न गर्न लाग्ने अवधि सम्पर्क अधिकारी लाग्ने शुल्क/दस्तुर गुनासो सुन्ने अधिकारी
१ सबै अदालतका न्यायाधीशहरु, न्याय सेवाका अधिकृतहरु र न्यायाधीश हुन योग्यता पुगेका नेपाली नागरिकहरुको वैयक्तिक विवरणको अद्यावधिक सम्बन्धी कार्य:-
क. अद्यावधिकको लागि सूचना प्रकाशन गर्ने श्रावण-भाद्र उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ख. विवरण संकलन गरी अद्यावधिक गर्ने निरन्तर
ग. सबै तहका अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार गर्ने निरन्तर -
२ न्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्य:-
क. उमेर हदका कारण आगामी वर्ष अवकाश हुने सबै तहका अदालतका न्यायाधीशहरुको विवरण तयार गरी सूचना प्रकाशन गर्ने चैत्र सहसचिव प्रशासन महाशाखा - सचिव
ख. उमेर हदका कारण रिक्त हुने प्रधान न्यायाधीश पदमा नियुक्तिको सिफारिसको लागि संवैधानिक परिषदमा लेखी पठाउने रिक्त हुनुभन्दा एक महिना अगाडि
ग. उमेर हदका कारण रिक्त हुने सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको सिफारिसको लागि बैठक व्यवस्थापन गर्ने रिक्त हुनुभन्दा एक महिना अगाडि
घ. उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको रिक्त पदमा नियुक्तिको सिफारिसको लागि बैठक व्यवस्थापन गर्ने रिक्त भएको तीन महिना भित्र
ङ. जिल्ला अदालतको रिक्त न्यायाधीश पदको प्रतिशत निर्धारण गराई संविधानको धारा १४९(२)(क) बमोजिम पदपूर्तिका लागि व्यवस्थापन गर्ने भाद्र-चैत्र सचिव - न्याय परिषद
३ जिल्ला न्यायाधीश पदको लिखित परीक्षा सम्बन्धी कार्यहरु:-
क. विज्ञापन तथा सूचना प्रकाशन असोज उपसचिव परीक्षा शाखा तोकिए बमोजिम सहसचिव परीक्षा महाशाखा
ख. दरखास्त संकलन असोज-कार्तिक
ग. लिखित परीक्षा सञ्चालन पुस-माघ
घ. नतिजा प्रकाशन, अन्तरवार्ता तथा नियुक्तिको लागि सिफारिस चैत्र मसान्तसम्म
४ अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरु:-
क. सबै अदालतका बहालवाला न्यायाधीश एवं न्याय सेवाका अधिकृतहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने निरन्तर उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ख. सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा कानून व्यवसायीबाट नियुक्त भई आएका न्यायाधीशहरुको सिटरोल फारम दर्ताको लागि आवश्यक सहजीकरण गर्ने निरन्तर
ग. महत्त्वपूर्ण कागजातहरु स्क्यान गरी PIMS मा अपलोड गर्ने निरन्तर
घ. न्यायाधीशहरुको सम्पत्ति विवरण संकलन गरी अभिलेखीकरण गर्ने श्रावण-भाद्र
५ सरुवा सम्बन्धी कार्य:-
क. उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश तथा जिल्ला अदालतका न्यायाधीशहरुले काम गरेका अदालतहरु, काम गरेको अवधि, भौगोलिकता आदिका आधारमा विवरणहरु तयार तथा अद्यावधिक गर्ने असार सचिव नि:शुल्क न्याय परिषद
ख. सरुवाको लागि निवेदन दिन चाहेमा अनलाइन माध्यम समेतबाट निवेदन दिन सक्ने असार
ग. न्यायाधीश सरुवाको लागि न्याय परिषद समक्ष प्रस्ताव पेश गर्ने सामान्यतया असार/श्रावण तथा आवश्यकता अनुसार - - -
घ. न्याय सेवामा कार्यरत अधिकृत कर्मचारीहरुको सरुवा सिफारिसको लागि सम्बन्धित निकायबाट लेखी आएमा सरुवा प्रस्ताव न्याय सेवा आयोगमा पेश गर्ने आवश्यकता अनुसार - - न्याय सेवा आयोग
६ उजुरी सम्बन्धी कार्य:-
क. इमेल वा हुलाक मार्फत् वा उजुरीकर्ता स्वयम् उपस्थित भई बढीमा ३ पृष्ठमा नबढ्ने गरी उजुरी पेश गर्न सक्ने, ३ पृष्ठ भन्दा बढी भएमा २ पृष्ठमा नबढ्ने गरी संक्षेपीकरण समेत पेश गर्नु पर्ने निरन्तर - नि:शुल्क -
ख. उच्च अदालतका मुख्य न्यायाधीश वा न्यायाधीश, न्यायिक निकायमा कार्यरत न्यायाधीश वा जिल्ला न्यायाधीश विरुद्ध उजुरी गर्दा त्यस्तो उजुरी कार्यक्षमताको अभाव, खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको र इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगरेको वा बदनियतपूर्वक कार्य गरेको विषयसँग सम्बन्धित हुनुपर्ने र उजुरीको भाषा शिष्ट, सभ्य र सरल हुनुपर्ने। - - - -
ग. सम्भव भएसम्म उजुरीकर्ताको सनाखत गराई पेश भएका उजुरी दर्ता गर्ने पेश भएकै दिन शाखा अधिकृत/दर्ता शाखा नि:शुल्क सचिव
घ. उजुरी उपर प्रारम्भिक छानबिन गर्ने तीन महिना भित्र सचिव - न्याय परिषदका पदाधिकारी
ङ. उजुरीको गाम्भिर्यता र आवश्यकता अनुसार अध्ययन, प्रारम्भिक छानबिन वा जाँचबुझ समिति गठन गरी उजुरीको फर्छ्यौट गर्ने बैठकमा पेश भएको दिन सचिव - न्याय परिषदका पदाधिकारी
च. भ्रष्टाचारको कसूरमा अनुसन्धान अधिकृत तोकी मुद्दा दायर गर्ने बैठकमा पेश भएको दिन सचिव - न्याय परिषद
७ बढुवा सम्बन्धी कार्य (राजपत्रांकित प्रथम र द्वितिय श्रेणी):-
क. प्रतिशत निर्धारण असोज उपसचिव प्रशासन शाखा नि:शुल्क सहसचिव प्रशासन महाशाखा
ख. सूचना प्रकाशन असोज अन्तिम बुधबार
ग. दरखास्त संकलन सूचना प्रकाशन भएपछिको ३५ दिन भित्र
घ. बढुवा नतिजा प्रकाशन पुस-माघ
ङ. बढुवा नियुक्ति सिफारिस माघ-फागुन
८ अनुगमन तथा निगरानी सम्बन्धी कार्यहरु:-
क. उच्च र जिल्ला अदालत तथा न्यायिक निकायका न्यायाधीशले आचारसंहिता पालना गरे नगरेको अनुगमन तथा निगरानी गर्ने निरन्तर सचिव - न्याय परिषदले तोकेको पदाधिकारी
ख. उच्च र जिल्ला अदालतका न्यायाधीशबाट भएका फैसलाहरुको तथ्यांक विवरण न्यायाधीशगत रुपमा राख्ने निरन्तर उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
ग. अदालत तथा न्यायिक निकायको मासिक तथा वार्षिक प्रतिवेदन र वार्षिक कार्ययोजना संकलन गर्ने श्रावण मसान्तभित्र/मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गते भित्र - - -
९ आन्तरिक व्यवस्थापन तथा सुशासन सम्बन्धी कार्यहरु:-
क. उच्च तथा जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरु मध्ये उत्कृष्ट न्यायाधीश छनौट गरी पुरस्कृत गर्ने मंसिर-पुस सचिव - न्याय परिषद
ख. परिषद र आयोगका महत्त्वपूर्ण निर्णयहरु सचिवालयको वेभसाईटमा प्रकाशन गर्ने नियमित सहसचिव प्रशासन महाशाखा - सचिव
ग. परिषद, आयोग तथा सचिवालयद्वारा आयोजित कार्यक्रम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन प्रकाशन गर्ने जेठ-असार उपसचिव प्रशासन शाखा - सहसचिव प्रशासन महाशाखा
घ. न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन छपाई गरी राष्ट्रपति समक्ष प्रस्तुत गर्ने असोज सचिव - न्याय परिषद/न्याय सेवा आयोग
ङ. न्याय परिषदको बुलेटिन तयार गरी सार्वजनिकीकरण गर्ने पौष ३ गते - - -
१० लोक सेवा आयोगबाट सिफारिस भई आउने न्याय सेवाका राजपत्राङ्कित कर्मचारीको नियुक्ति सिफारिस गर्ने नियमित सहसचिव प्रशासन महाशाखा - सचिव
११ प्रचलित कानून बमोजिम लिखित सूचना माग भएमा सूचना प्रदान गर्ने निरन्तर सूचना अधिकारी नियमानुसार सचिव
१२ गुनासो सुन्ने र सोको सम्बोधन गर्ने निरन्तर सहसचिव प्रशासन महाशाखा नि:शुल्क सचिव

प्रकाशित मिति:- २०८१।०७।१२